काठमाडौँ। मंगलबारदेखि पाल्पा महोत्सव हुने भएको छ।
बगनासकाली गाउँपालिकाको प्रवर्द्धन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा हुने उक्त महोत्सव दश दिनसम्म सञ्चालन हुनेछ। बगनासकाली गाउँपालिका–१ चिलाङ्दीस्थित खेल मैदानमा हुने महोत्सव पुस १८ गतेसम्म चल्नेछ।
स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति महोत्सवमा प्रस्तुत गरिने महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ। समितका अनुसार पाल्पाका ऐतिहासिक स्थलका फोटो प्रदर्शनी गर्नका लागि फोटो ग्यालरीसमेत राखिनेछ।
पर्यटन प्रवर्द्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्न र मनोरञ्जन प्रदान गर्नका लागि महोत्सव आयोजना गरिएको जनाएको छ।
महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। करिब ३ करोड बराबरको कारोबार हुने अनुमान रहेको जनाइएको छ।
महोत्सवमा एक सय ५० वटा स्टल रहनेछन्। कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापार व्यवसाय, रेष्टुरेण्टका स्टल रहनेछन्। महोत्सवमा होण्डा डान्स आईडल समेत हुनेछ।
राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने आयोजक समितिले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar