खानी खोला हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२औँ बार्षिक साधारणसभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएको छ। 

कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ।

त्यसैगरी सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब पारित गरेको छ। 

सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवी श्रेष्ठलाई अनुमोदन गरिएको छ। 

साथै कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन समेत गरेको छ।  

साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरूले आफ्नो भनाई राखेका थिए।

प्रतिक्रिया