कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ ६२ पैसा र बिक्री दर १३९ रूपैयाँ २२ पैसा रहेको छ।  युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ७ पैसा र बिक्री दर १४५ रूपैयाँ ७० पैसा रहेको छ।  युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७४ रूपैयाँ ४० पैसा र बिक्री दर १७५ रूपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५३ रूपैयाँ ६७ पैसा र बिक्री दर १५४ रूपैयाँ ३४ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ८२ पैसा र बिक्री दर ८८ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ७१ पैसा र बिक्री दर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३० पैसा र बिक्री दर १०३ रूपैयाँ ७५ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ९ रूपैयाँ ८ पैसा र बिक्री दर ९ रूपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ८ पैसा र बिक्री दर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ९६ पैसा र बिक्री दर ३७ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रूपैयाँ २ पैसा र बिक्री दर ३८ रूपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया