बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलरको भाउ १३९ रुपैयाँ नाघ्यो

foreign exchange

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार का लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दर अनुसार अमेरिकी डलरको बिक्री दर १३९ रुपैयाँ ०१ पैसा पुगेको छ भने खरिद दर १३८ रुपैयाँ ४१ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम भएको छ। यस्तै, बेलायती पाउन्डको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, स्विस फ्र्याङ्कको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा पुगेको छ।

क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ भने सिङ्गापुर डलरको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा पुगेको छ।

युएई दिरामको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ भने साउदी रियाल ३६ रुपैयाँ ८७ पैसा र ३७ रुपैयाँ ०३ पैसामा खरिद र बिक्री भैरहेको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यस्तो छ: कुवेती दिनार: खरिददर ४५० रुपैयाँ १९ पैसा, बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा, बहराइन दिनार: खरिददर ३६७ रुपैयाँ १२ पैसा, बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा, ओमानी रियाल: खरिददर ३५९ रुपैयाँ ५० पैसा, बिक्रीदर ३६१ रुपैयाँ ०६ पैसा र भारतीय रुपैयाँ (१००): खरिददर १६० रुपैयाँ, बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दरलाई जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ।

प्रतिक्रिया