नेपालमै विकास गरिएको अत्याधुनिक HR सफ्टवेयर 'आर्कबो' : जनशक्ति व्यवस्थापनमा क्रान्ति ल्याउने चार युवा

काठमाण्डौं । नेपालको व्यापार घाटा र सफ्टवेयर क्षेत्रमा विदेशी निर्भरतालाई तोड्दै, चार नेपाली युवाहरुले आर्कबो टेक्नोलोजिज (ARKBO Technologies) को स्थापना गरेका छन्, जसले नेपालमै अत्याधुनिक एचआर सफ्टवेयरको विकास गरेर जनशक्ति व्यवस्थापनलाई नयाँ आयाम दिएको छ। 'आर्कबो टेक्नोलोजिज' का संस्थापक अध्यक्ष भुषण राज गिरी, सीईओ रबि न्यौपाने, सिटिओ क्षितिज न्यौपाने र अनुसन्धान तथा विकास निर्देशक ओम प्रकाश भण्डारीले यो सफ्टवेयर विकास गरेर नेपालका साना, मझौला र ठूला कम्पनीहरूलाई डिजिटल HR प्रणालीमार्फत सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएका छन्।

आर्कबोका संस्थापकहरूको विविध अनुभवले कम्पनीलाई विशेष बनाएको छ। भुषण गिरीसँग १५ वर्षको जनशक्ति व्यवस्थापनमा अनुभव छ भने, रबि न्यौपानेसँग १३ वर्षको सफ्टवेयर विकासमा दक्षता छ। यसैगरी, क्षितिज न्यौपानेलाई DevOps र सिस्टम सुरक्षा क्षेत्रमा ९ वर्षको अनुभव छ, र ओम प्रकाश भण्डारीसँग इन्टरप्राइज एप्लिकेशन विकासमा ९ वर्षको विशेषज्ञता छ।


आर्कबो टेक्नोलोजिजले ‘Strategies People Development System’ नामक एचआर प्रणाली विकास गरेको छ, जसमा AI एकीकरण गरिएको छ। अध्यक्ष गिरीका अनुसार, “नेपालका अधिकांश कम्पनीहरूले एचआर व्यवस्थापनमा डिजिटल प्रणाली प्रयोग गरिरहेका छैनन्। आर्कबोले नेपाली व्यवसायहरूलाई डिजिटल समाधानमार्फत कार्यसम्पादनमा गुणात्मक सुधार ल्याउन चाहन्छ।”

CEO रबि न्यौपाने भन्छन्, "आर्कबोले कर्मचारीहरूको मूल्याङ्कन, तालिम, र विकासमा सहजता ल्याउनका लागि स्मार्ट समाधान उपलब्ध गराउँछ। हाम्रो सफ्टवेयरले ‘राइट पर्सन, राइट प्लेस एण्ड राइट टाईम’ को सिद्धान्तलाई समर्थन गर्दछ।"

आर्कबो टेक्नोलोजिजले नेपाली माटोसँग मेल खाने सफ्टवेयर समाधान बनाएको दाबी गर्दै, विदेशी सफ्टवेयरमा निर्भरता घटाउने लक्ष्य लिएको छ। नेपालको सन्दर्भमा पहिलो पटक AI Integrate गरिएको यो प्रणाली स्वचालित एचआर समाधान प्रदान गर्न सक्षम छ।

हाल कम्पनीले २५ जना फुलटाइम र १० जना पार्टटाइम कर्मचारीलाई रोजगार दिएको छ र आगामी दुई वर्षभित्र १०० जनालाई रोजगारी दिने तथा पाँच वर्षभित्र ५००० लघु तथा मझौला उद्यममा सेवा विस्तार गर्ने योजना रहेको छ।

आर्कबो टेक्नोलोजिजले ARKBO Strategies People Development System को विकास गरेको छ, जसले Online Examination, Training Management, Learning Management लगायतका सुविधाहरू प्रदान गर्छ। आर्कबोका संस्थापकहरूको दीर्घकालीन दृष्टिकोण र नयाँ प्रविधि प्रयोगबाट, नेपालमा जनशक्ति व्यवस्थापनमा एउटा नवीनतम परिपाटी स्थापित हुँदैछ।

प्रतिक्रिया