कोशी र बागमतीमा मध्यम देखि भारी वर्षाको जोखिम

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलवार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिमका केही र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। राति कोशीको पहाडी र तराई क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ, भने बागमतीको पहाडी क्षेत्रमा समेत भारी वर्षाको जोखिम रहनेछ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा थोरै स्थानमा मध्यम वर्षा देखिन सक्छ।

बागमती प्रदेशको पहाड र सुदूरपश्चिम प्रदेशको तराईमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाको नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया