काठमाडौँ। लक्ष्मी ग्रुपले आफ्नो ५१ औँ वार्षिकोत्सव मनाएको छ।
ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आज (शुक्रबार) आफ्नो ५१ औँ वार्षिकोत्सव सम्पन्न गरेको हो।
यस ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ।
त्यस्तै, ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन पनि गरेको थियो जसमा १०० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। लक्ष्मी ग्रुप अन्तर्गतको हुन्डाई काठमाडौँले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सरसफाइ अभियान सञ्चालन पनि गरेको छ।
सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रूपमा मिठाइ उत्पादनबाट व्यवसाय शुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेस लगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूहको रूपमा स्थापित भएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar