जेठ २८, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गण्डकी प्रदेशका नेकपा (माओवादी केन्द्र) का सांसद फणीन्द्र देवकोटालाई निलम्बन गर्ने बताए । भारत भ्रमणबाट फर्केर त्रिभुवन बिमानस्थलमा पत्रकार संग कुरा गर्दै उनले स्वाभाविक रूपमा पार्टीले ह्विप जारी गरिसकेको भन्दै संविधान र कानुनको मर्म विपरीत फ्लोर क्रस गरेकालाई निलम्बन गर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत सम्बधित प्रस्तावको पक्षमा ३१ मत पाएका छन् । विपक्षमा २८ मत परेको छ ।
पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।
27 Jestha 2081, Sombar 08:25 मा प्रकाशित
187