यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २१ पैसा र बिक्री दर १३४ रूपैयाँ ८१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ८४ पैसा र बिक्री दर १४६ रूपैयाँ ४९ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७५ रूपैयाँ १६ पैसा र बिक्री दर १७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५५ रूपैयाँ १७ पैसा र बिक्री दर १५५ रूपैयाँ ८४ पैसा रहेको छ। 

अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ १ पैसा र बिक्री दर ९० रूपैयाँ ४२ पैसा रहेको छ। क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ २५ पैसा र बिक्री दर ९७ रूपैयाँ ६८ पैसा रहेको छ।

त्यसैगरी, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया