काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसममा ठूलो परिवर्तन नदेखिए पनि तराई क्षेत्रमा हुस्सु/कुहिरोको प्रभाव बिहानको समयमा रहेको छ भने पहाड र हिमाल सफा छन्।
तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ जसले बिहानको दृश्यता कम गरेको छ। देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो: तराईमा लागेको हुस्सु/कुहिरो मध्यान्हसम्म क्रमिक रूपमा सुधार हुने सम्भावना छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्न सक्ने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति: तराईका केही स्थानमा हुस्सु कायम रहन सक्छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान छ।
महाशाखाका अनुसार आज दिउँसोबाट तराईमा हुस्सु/कुहिरो घट्दै जाने क्रममा छ। बिहानको समयमा सवारी साधन तथा हवाई उडानमा सावधानी अपनाउन अनुरोध गरिएको छ। यात्रा तथा दैनिक क्रियाकलापका लागि महाशाखाबाट जारी हुने नियमित मौसमी सूचनामा ध्यान दिनुहोला।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar