काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
शुक्रबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउन्ड स्ट्रलिङको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिदर १३३ रूपैयाँ ४१ पैसा र बिक्री दर १३४ रूपैयाँ ०१ पैसा रहेको छ। शुक्रबार यसको मूल्य एकको खरिद दर १३३ रूपैयाँ ६० पैसा र बिक्रीदर १३४ रूपैयाँ २० पैसा कायम भएको थियो।
यस्तै, युरोपियन युरो एकको खरिदर १४८ रूपैयाँ ७८ पैसा र बिक्री दर १४९ रूपैयाँ ५४ पैसा रहेको छ। हिजो शुक्रबार यसको एकको खरिद दर १४९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रूपैयाँ ७४ पैसा कायम भएको थियो।
शुक्रबार युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७७ रूपैयाँ ५९ पैसा र बिक्री दर १७८ रूपैयाँ ३९ पैसा कामय भएको थियो भने आज एकको खरिद दर १७७ रूपैयाँ ३२ पैसा र बिक्री दर १७८ रूपैयाँ १२ पैसा रहेको छ।
त्यसैगरी, स्विस फ्र्याङ्क एकको खरिद दर १५७ रूपैयाँ ०२ पैसा र बिक्री दर १५७ रूपैयाँ ७२ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ९० रूपैयाँ ७८ पैसा र बिक्री दर ९१ रूपैयाँ १९ पैसा रहेको छ।
क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ २९ पैसा र बिक्री दर ९८ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।