काठमाडौं । जगदम्बा मोटर्सले हालै सार्वजनिक गरेको एनटर्क डिस्क बिएस सिक्स एफआई स्कुटर अहिले नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ। यस स्कुटरको नयाँ भेरियन्ट सार्वजनिक गरेपछि, यो बजारमा निकै चर्चा बटुलिरहेको छ।
कम्पनीले एनटर्कको नयाँ भेरियन्ट डिस्क बिएस सिक्स एफआई स्कुटरलाई नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा सार्वजनिक गरिएको जानकारी गराएको छ ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा अत्याधुनिक प्रविधि, जस्तै आरटिएफआइ बिएस सिक्स प्रणाली र स्मार्ट एक्स कनेक्ट, समावेश गरिएको छ, जसले उत्कृष्ट माइलेजका साथ साथै नेभिगेसन असिस्ट, ब्लुटुथ, एसएमएस अलर्ट, ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन, र इमर्जेन्सी लाइट जस्ता सुविधाहरू प्रदान गर्दछ।
यो स्कुटरको मूल्य रु. २,७९,९०० तोकिएको छ, जसले १२५ सिसिको स्कुटरको लागि अत्यधिक प्रतिस्पर्धी बजारमा पनि आफूलाई स्थापित गर्न ठूलो भूमिका खेलेको छ। टिभिएसले यस भेरियन्टमा लाइफटाइम वारेन्टी, स्पेयर पार्ट्सको १ घण्टा भित्र डेलिभरी सुविधा, र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटरको रूपमा आफ्नो ब्राण्डको छवि बलियो बनाउन सफल भएको दाबी गरेको छ।
यो भेरियन्टमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई थप सुदृढ बनाउँदै एनटर्क डिस्क बिएस सिक्स एफआईलाई राइडरहरूको पहिलो रोजाइ बनाउने कम्पनीको विश्वास छ। उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स, र स्टाइलिश डिजाइनका कारण यो स्कुटर विशेष गरी साहसी युवा राइडरहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार, एनटर्क डिस्क बिएस सिक्स एफआई नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा उपलब्ध छ ।
#tvsscooter