काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ। यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमय दर भने स्थिर रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ५६ पैसा र बिक्री दर १३७ रूपैयाँ १६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ४० पैसा र बिक्री दर १४३ रूपैयाँ ३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ८० पैसा र बिक्री दर १७२ रूपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५१ रूपैयाँ ४२ पैसा र बिक्री दर १५२ रूपैयाँ ९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ९१ पैसा र बिक्री दर ८५ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रूपैयाँ ७७ पैसा र बिक्री दर ९५ रूपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ५१ पैसा र बिक्री दर १०० रूपैयाँ ९५ पैसा रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६५ पैसा र बिक्री दर ८ रूपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७१ पैसा र बिक्री दर १८ रूपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३७ पैसा र बिक्री दर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ४५ पैसा र बिक्री दर ३७ रूपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ४ रूपैयाँ १ पैसा र बिक्री दर ४ रूपैयाँ २ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ १८ पैसा र बिक्री दर ३७ रूपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ५४ पैसा र बिक्री दर ३० रूपैयाँ ६७ पैसा रहेको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar