घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज भने घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतितोला ३०० रूपैयाँले घटेर १ लाख ५० हजार ५०० रूपैयाँ कायम भएको छ। 

यसअघि मंगलबार छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख ५० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रूपैयाँले घटेर १७ सय ३५ रूपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो। 


प्रतिक्रिया