सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

काठमाडौँ।  हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता शेयर निष्कासन गर्ने भएको हो। 

यसमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर मार्फत आवेदन दिन सकिनेछ।

हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ।


प्रतिक्रिया