सुन–चाँदीको भाउ बढ्यो, कति छ आजको बजार मूल्य?

काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको भाउ तोलामा ४०० रूपैयाँले बढेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेर १ लाख ५० हजार ७०० रूपैयाँ कायम भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ५० हजार ३०० रूपैयाँमा कारोबार भएको थियो। 

यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रूपैयाँले बढेर १८ सय १५ रूपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १८ सय रूपैयाँमा कारोबार भएको थियो। 


प्रतिक्रिया