गोरखा । गोरखाबाट राजधानी जानेकोलागी बढ्दो बिद्युतीय सवारी साधनको प्रयोग संगै गोरखामा पनि अब बिद्युतीय माईक्रो बस चल्ने भएको छ । गोरखा दरौदी यातायात सेवा कम्पनीले प्रालिले गोरखा बाट काठमाडौं र पुनः गोरखा आउने गरी उक्त सवारी साधन सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष नारायण खत्रीले सिएफ़एन खबर लाई जानकारी दिए ।
खत्रीका अनुसार पहिलो चरणमा ५ वटामात्र सवारी साधन हालेर हेर्न लागिएको बताए । ‘ब्यवसायीहरुले बिद्युतीय सवारी साधन चलाउने ईच्छा राखेको’ भन्दै उनले भने ‘अहिले टेस्टिङ फेजमा ५ वटा सवारी साधन हाल्ने तयारी गरेको हो ।’
अध्यक्ष खत्रीले ‘हाम्रो कम्पनी मार्फत अहिले विभिन्न रुटमा ३९ वटा माईक्रो चलिरहेको छ’ उनले भने ‘अब यो पुरानो मात्र होइन की कानूनी रुपमा पनि २० बर्ष पुग्ने बेला भएकाले पहिलो चरणमा हालेको माईक्रोबाट ब्यवसायीमा उत्साह आए पुराना सबै हटाएर नयाँ बिद्युतीय सवारी हाल्ने योजना कम्पनीको रहेको ।’
कम्पनीले हालै एक सूचना जारी गर्दै त्यस्ता सवारी साधन हाल्न चाहने ब्यवसायीहरुबाट निवेदन समेत माग गरेको छ । पहिलो चरणमा हालिने सवारीको सफलता संगै अन्य सवारी साधन पनि थप गरिने योजना कपम्नीले सार्वजनिक गरेको छ ।
कम्पनी मार्फत अहिलो चितवन, पोखरा र काठमाडौंको ३ फरक रुटमा ३९ वटा माईक्रो बस चल्दै आएको छ ।ब्यवसायीहरुले भोली अर्थात मंसिर २९ गतेसम्म कम्पनीमा निवेदन हाल्न पाउने कम्पनीका कार्यालय प्रमुख एकराज उपाध्यायले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म २४ जना ब्यवसायीहरुले आफुहरुले बिद्युतीय सवारी साधन सञ्चालन गर्न पाउँभन्दै निवेदन दर्ता गराएको पनि कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए ।