काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूले अब काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट पाउने भएका छन्।
बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ विभिन्न स्थानमा रहेका संस्थाहरूसँग सम्झौता गरेको छ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि निरन्तर रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले स्काइवाक टावर, चेरिस, अमैचा र मलाला युनिसेक्स सैलुनका सेवाहरूमा ग्राहकहरूलाई छुट सुविधा दिन उक्त सम्झौता गरेको हो।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार ग्राहकहरूले स्काईवाक टावर (वन्डर्स नेपाल प्रा.लि.) कमलादी, काठमाडौँमा स्काईवाक टावर प्रवेश शुल्क १५ प्रतिशत र चेरिस गूुप प्रा.लि., विशालनगर काठमाडौँबाट खाना तथा पेय पदार्थको खरिदमा १५ प्रतिशत छुटप्राप्त गर्नेछन्। यसका साथै, ललितपुरको सानेपास्थित अमैचाबाट कपडा खरिद गर्दा र ललितपुरको भैँसेपाटीस्थित मलाला युनिसेक्स सैलुन प्रा.लि.बाट ब्युटिसियन सेवा लिँदा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ।
साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ समेत सञ्चालनमा ल्याएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar