सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ। सुनको मूल्यले आज (बैसाख ८ गते) फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ। 

यसअघि गत वैशाख ४ गते सुनको भाउ हालसम्मकै उच्च कायम थियो। उक्त दिन सुनको भाउ ३ हजार ६ सय रूपैयाँले बढ्दै प्रतितोला १ लाख ९० हजार ६ सय रूपैँयामा कारोबार भएको थियो।  

आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज प्रतितोला १ हजार ९६० रूपैयाँ कायम भएम भएको छ। 

  

प्रतिक्रिया