आज भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ।  भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। 

यस दिवसको अवसरमा काठमाडौँको माइतीघरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी, भ्रष्टाचार विरोधी अभियन्ताहरूको समेत सहभागिता रहेको छ। 

संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखका दिन यो दिवस मनाउन थालिएको हो।

भ्रष्टाचार विरूद्धको आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइए पनि भ्रष्टाचार भने रोकिएको अवस्था छैन। नेपालमा भ्रष्टाचारका नयाँनयाँ स्वरूपहरु देखिँदै आएका छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) मा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा छ। सिपिआईमा नेपाल ३५ अङ्कसहित १ सय ८औँ स्थानमा रहेको छ।

प्रतिक्रिया