नेपालमा पुनः प्रवेश गर्दै ZTE: ब्लेड ए र नुबिया सिरिजका ५ नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौँ । एकीकृत सूचना तथा सञ्चार प्रविधि समाधानका ग्लोबल लिडर ZTE कर्पोरेशन नेपालमा पुनः प्रवेश गरेको छ। शंकर ग्रुपको आधिकारिक वितरणमा ब्लेड ए र नुबिया सिरिजका पाँच नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरिएको छ। यी स्मार्टफोनहरू आकर्षक डिजाइन, उच्च प्रविधि, उत्कृष्ट परफर्मेन्स र प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने ZTE ले जनाएको छ।

ब्लेड सिरिजका प्रमुख स्मार्टफोनहरू

ZTE Blade A75:

▪ 6.6 इन्चको 90Hz डिस्प्ले

▪ शक्तिशाली Octa-core प्रोसेसर

▪ 50MP AI क्यामेरा

▪ 22.5W फास्ट चार्जिङ सहित 5,000mAh ब्याट्री

▪ 256GB स्टोरेज + 14GB RAM

▪ Live Island फिचर

ZTE Blade A35:

▪ 6.52 इन्च HD+ डिस्प्ले

▪ 8MP AI क्यामेरा

▪ 5,000mAh ब्याट्री

▪ 6GB RAM + Octa-core प्रोसेसर

 ZTE Blade A55:

▪ 6.75 इन्च HD+ डिस्प्ले

▪ 128GB स्टोरेज + 13MP AI डुअल क्यामेरा

▪ फेस र फिंगरप्रिन्ट अनलक

▪ Live Island फिचर

नुबिया भी सिरिजका प्रमुख स्मार्टफोनहरू

 ZTE Nubia V70 Max:

▪ 6.9 इन्चको 120Hz डिस्प्ले

▪ 6,000mAh ब्याट्री

▪ 50MP Ultra-Triple क्यामेरा

▪ AI एडिटिङ टुल

▪ 1.5 मिटर माथिबाट खस्दा समेत सुरक्षित

 ZTE Nubia V70 Design:

▪ 6.7 इन्च HD+ डिस्प्ले

▪ स्टाइलिश Sky-Mirror Glass डिजाइन

▪ 50MP Ultra-Triple क्यामेरा

▪ 16GB RAM + 128GB स्टोरेज

▪ DTS Audio सिस्टम

ZTE को पुनः प्रवेशबारे आधिकारिक धारणा

ZTE नेपालका CEO सबिन श्रेष्ठका अनुसार, "नेपालको मोबाइल बजारमा शंकर ग्रुपसँग सहकार्य गर्दै ZTE पुनः प्रवेश गरेको छ। बलियो बजार व्यवस्थापन, उत्कृष्ट सञ्जाल र नवीन प्रविधिसहित हामी नेपाली उपभोक्तालाई उच्चस्तरको स्मार्टफोन अनुभव प्रदान गर्न उत्साहित छौँ।"

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटिया भन्छन्, "ZTE स्मार्टफोनहरू नेपाली ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनेछन्। नवीन प्रविधि, उच्च गुणस्तर र प्रतिस्पर्धी मूल्यमा यी फोनहरूले नेपाली बजारमा नयाँ मानक कायम गर्नेछन्।"

ZTE ले ब्लेड ए र नुबिया भी सिरिज मार्फत आधुनिक प्रविधिलाई नेपाली ग्राहकहरूका लागि अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।टेलिकम्युनिकेसन र प्रविधिमा विश्वव्यापी पहिचान बनाएको ZTE पुनः नेपालमा आफ्नो छाप छोड्न तयार रहेको जनाएको छ।


#ZTE #BladeA #NubiaSeries #ShankarGroup #NepalTech #SmartphonesNepal

प्रतिक्रिया