भैरहवा (रासस), २४ कार्तिक : शनिबारको दिन भैरहवाको लागि ऐतिहासिक दिन भएको छ । नेपालकै दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल भए पनि अन्र्तराष्ट्रिय विमान पर्खि रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट शनिबार ३ वटा विमानहरुले उडान भरिरहेका छन् ।
विमानस्थल सुरु भए देखि नै उडान सुरु गरेको जजीरा एयरलाईन्सले स्थगित गरेको उडान शनिबार देखि फेरी सुरु गरेको छ । शनिबार १७१ जना यात्रु लिएर आएको जजीराले एक बालक सहित १६८ यात्रु लिएर उडेको छ । भने फ्लाई दुबई नेपाल एयरलाईन्स पनि आजै देखि उडान सुरु गर्दैछन् । यस संगै भैरहवाबाट अन्र्तराष्ट्रिय उडान गर्ने विमानको संख्या ४ पुगेको छ ।
जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ । मंगलबार, बिहिबार र शनिबार विहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतको लागि उड्ने छ । विमानस्थलका महा प्रवन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो । यस्तै फ्लाई दुबईले दैनिक उडान गर्ने र दिउसो पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टा पछि दुबई फिर्ता जाने छ । नेपाल एयरलाईन्सले सातामा तीन पटक काठमाण्डौं–भैरहवा–दुबई उडान गर्नेछ । आईतबार, सोमबार र बुधबार नेपाल एयरलाईन्स काठमाण्डौबाट १० बजे उडान गरि भैरहवा आउने र यहाबाट दुबई जानेछ ।
गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ‘कतार एयरवेज, एयर अरेबिया लगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भई रहेको छ । उहाँले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भई रहेको र एक घण्टामा विमानस्थलमा दुई वटा अन्र्तराष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको बताउनुभयो ।
सोही विमान मार्फत भैरहवा आईपुग्नुभएका नेपालको लागि कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउदा खुशी भएको बताउनुभयो । यसले नेपाल र कुवेत विचको सम्बन्ध प्रगाढ बनाउनुको साथै त्यहाका नेपाली नागरिकलाई आवात जावतमा सहज पुर्याउने बताउनुभयो ।
विमानस्थल सञ्चालनमा आए संगै यात्रुहरुले यसलाई भने अब निरन्तरता दिनु पर्ने धारणा राखे । व्यवस्थापन चुस्त राख्नु पर्ने, सार्वजनिक यातायातको साधनको लगायतको विषयमा ध्यान दिन सुझाव दिएका थिए ।
गौतम बुद्ध विमानस्थलका महाप्रवन्धकले भने विमानस्थल नियमित सञ्चालनको विषयमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।
विमानस्थल संचालनका लागि सरकारले पनि विभिन्न रणनीति अंगाल्दै भैरहवा विमानस्थलबाट सेवा दिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विभिन्न सुविधा दिएको छ ।
सरकारले कम्पनीहरुलाई भैैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रति यात्रु तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क र एक हजार रुपैयाँ लाग्ने पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्याडिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ । यसको अलावा काठमाडौं विमानस्थल भन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिएको छ ।