काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरूले लाभांश पाउने भएका छन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।
चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको करसहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश रकम नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिने जनाइएको छ।
29 Chaitra 2081, Shukrabar 09:02 मा प्रकाशित
113
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar