काठमाडौँ। दार्चुला जिल्लाको महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
लोकमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो। पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका सवारीसाधन सडकमै अलपत्र छन्। दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ जाने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन्।
पटकपटक पहिरोका कारण अवरुद्ध भएको लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत चल्न नसक्दा यात्रुले सास्ती खेप्न बाध्य छन्।
12 Bhadra 2081, Budhbar 12:30 मा प्रकाशित
247
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar