नेपाल टेलिकमले कर्पोरेट ग्राहकका लागि Multiple TV जडानमा सहुलियत दरमा प्याकेज उपलब्ध गराउँदै

काठमाडौँ । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै Multiple TV जडान गर्न इच्छुक ग्राहकहरूका लागि विशेष सहुलियत योजना घोषणा गरेको छ। यस योजनाअन्तर्गत ४ वा सोभन्दा बढी टेलिभिजन जडान गर्न चाहने कर्पोरेट ग्राहकहरूले बेसिक र प्रिमियम प्याकेजहरूलाई सहुलियत दरमा खरिद गर्न सक्नेछन्।

चारदेखि दसवटा टिभी जडान गर्ने ग्राहकहरूले प्रति सेट टप बक्स २,९३९ रुपैयाँमा एक वर्षको वारेन्टी सहित खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै, ११ वा सोभन्दा बढी टिभी जडान गर्ने ग्राहकहरूले प्रति सेट टप बक्स २,८२५ रुपैयाँमा एक वर्षको वारेन्टी सहित खरिद गर्न सक्नेछन्।

यस सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले नेपाल टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्न वा नजिकको टेलिकम कार्यालयमा जान सक्नेछन्।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार यो सुविधा कर्पोरेट क्षेत्रका ग्राहकलाई लक्षित गरी सुरु गरिएको हो।

#ntc

प्रतिक्रिया