काठमाडौँ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।
5 Asar 2082, Bihibar 12:03 मा प्रकाशित
170