घट्यो सिमेन्ट निर्यात

काठमाडौँ।  निर्यात व्यापारमा आशा बढाउँदै गइरहेको सिमेन्ट र क्लिंकर निर्यात घट्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ र असोजमा सिमेन्ट र क्लिंकरको निर्यात २०.४१ प्रतिशतले घटेको छ। 

यस वर्ष २ महिनाको अवधिमा ३३ करोड ३१ लाख रूपैयाँ बराबरको सिमेन्ट र क्लिंकर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ। जबकी, गत वर्षको सोही अवधिमा ४१ करोड ८५ लाख रूपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको थियो।

२ महिनाको अवधिमा ६ करोड रूपैयाँको १० हजार ८३६ टन क्लिंकर निर्यात भएको छ भने २७ अर्ब २३ करोड रूपैयाँको १ लाख २२ हजार टन तयारी सिमेन्ट निर्यात भएको छ।

यस वर्ष अर्धप्रशोधित सिमेन्ट ९क्लिंकर०को निर्यात घटेपछि समग्र सिमेन्ट निर्यात नै घटेको छ । नेपालबाट क्लिंकर आयात गरेर भारतीय ग्रान्डिङ युनिटले सिमेन्ट उत्पादन गर्ने गर्छन्।

नेपालबाट पाल्पा, सिजी पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सौर्य, बालाजी लगायत उद्योगहरुले सिमावर्ती भारतीय बजारमा सिमेन्ट र क्लिंकर निर्यात गर्दै आएका छन्। 

प्रतिक्रिया