प्यूठानमा प्रभु बैंकको ३१५ औं शाखा विस्तार

काठमाडौँ।  प्रभु बैंक लिमिटेडले प्यूठान स्थित बिजुवारमा ३१५ औं शाखाको विस्तार गरेको छ।

शाखाको उद्घाटन जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसी ले गरेका हुन्। प्रभु बैंक लिमिटेडले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ। प्रभु बैंक लिमिटेडको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भई समग्र देशको आर्थिक विकासमा सकारात्मक योगदा पुगेको छ।

बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

यसका साथै अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीका रूपमा अगाडि बढिरहेको प्रभु बैंकले छोटो समयावधिमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

प्रतिक्रिया