पुष ११ कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतलाई नगरवासीले कार्यालयमै थुनिदिएका छन् । नदिजन्य पदार्थ उत्खननको जिम्मा पाएको ठेकेदारले सरकारसँगको सम्झौता बिपरित मनोमानी चर्को कर असुलेको भन्दै यस अघि देखि नै स्थानीयले नगरपालिकालाई गुनासो गर्दै आएका थिए । तर अनुगमनका क्रममा नियम बिपरित चर्को सुल्क असुलेको थाहा पाएको नगर सरकारले ठेकेदारलाई कारबाही नगरको भन्दै स्थानीय आक्रोसित भए र मेयरलाई नै थुनिदिए । मेयरले नगरवासीको गुनासो नसुन्दा थुनेको उनीहरुको भनाई छ ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतलाई नगरवासीले कार्यालयमै थुनिदिएका छन् । मेयरले स्थानीयका गुनासो नसुनेपछि आक्रोशित स्थानीयले मेयरलाई नै थुनी दिएका हुन् । यस नगरमा नदिजन्य पदार्थ संकलनमा चल्ने ट्रयाक्टर तथा टिपरहरुले कच्ची सडकमा उडाउने धुलोले आक्रान्त बनेपछी स्थानीयहरु ५ दिन देखि गाउँको सडक नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । आक्रोशित स्थानीयका अनुसार आफुहरु आन्दोलनमा रहेको र वार्ताको वातावरण बनाउन मेयर खडक बहादुर रावतलाई फोन गर्दा मान्छे पनि थुन्नुस भन्ने जवाफ दिए पछि बिहिवार उनिहरुले २ घण्टाजती तालाबन्दी गरेर मेयरसहित कर्मचारीलाई कार्यालय मै थुने ।
भिडियो : NEWS24