चितवन । सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रोनिक्सको संयुक्त आयोजनामा "क्रॉम्पटन पार्टनर्स मिट २०८१" सौराहामा भव्य रूपमा सम्पन्न भएको छ। "Together Forever..." भन्ने थीममा केन्द्रित यस कार्यक्रमले दीर्घकालीन साझेदारी, साझा सफलता र नवप्रवर्तनलाई मुख्य प्राथमिकता दिएको थियो।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलन समारोहबाट भएको थियो, जसमा प्रमुख कार्यकारीहरूले क्रॉम्पटन र यसको व्यावसायिक साझेदारहरूको योगदानलाई सम्मान व्यक्त गरे। कार्यक्रममा नयाँ उत्पादनहरूको विमोचन समेत गरिएको थियो, जसमा नवीनतम एयर कूलर, छतका पंखा, र एक्जस्ट फ्यानहरू प्रस्तुत गरिए।
क्रॉम्पटन ग्रिव्स कन्ज्युमर इलेक्ट्रिकल्सका एसोसिएट भाइस प्रेसिडेन्ट तथा प्रमुख – इन्टरनेशनल बिजनेस श्री दुर्गेश बक्सी ले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै क्रॉम्पटन र सीजी इलेक्ट्रोनिक्सबीचको साझेदारीलाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाली बजारमा नवीनतम प्रविधि, व्यवसायिक विस्तार, र ग्राहक-केंद्रित उत्पादनहरूको भूमिकाबारे चर्चा गरे।
त्यस्तै, क्रॉम्पटनका सिनियर म्यानेजर – इन्टरनेशनल बिजनेस, श्री सौरभ गौड ले क्रॉम्पटनका अत्याधुनिक उत्पादनहरू, प्रविधि, ऊर्जा दक्षता र गुणस्तर मापदण्ड सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरे।
कार्यक्रममा वित्तीय समाधान, व्यापार योजना, र रणनीतिक साझेदारीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीताले व्यापार विस्तारका नयाँ अवसरहरू पहिचान गर्न मौका पाएको आयोजकले जनाएको छ।
यसैबीच, नेटवर्किङ, मनोरञ्जनात्मक गतिविधि, उत्पादन अवलोकन, गाला डिनर, तथा साहसिक जीप जंगल सफारी जस्ता आकर्षक कार्यक्रमले सहभागितालाई विशेष अनुभव प्रदान गर्यो।
क्रॉम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रिकल्स नवप्रवर्तन, गुणस्तर र ऊर्जा दक्षताका लागि परिचित छ। सीजी इलेक्ट्रोनिक्स, नेपालमा क्रॉम्पटनका प्रमुख साझेदारका रूपमा प्रविधि, वितरण, र ग्राहक अनुभव सुधार गर्न निरन्तर अग्रसर छ।
कार्यक्रमको समापनमा आयोजकहरूले सहभागी सबैलाई "Together Forever..." को प्रतिबद्धता पुनः दोहोर्याउँदै, साझेदारीलाई अझ मजबुत बनाउने लक्ष्य दोहोर्याए।