काठमाडौँ। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रू २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ।
भन्सार विभागले भदौसम्म रू ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ।
गत वर्षको सोही अवधिको तुलनामा चालु आ.व.मा झण्डै रू १ अर्बले राजस्व बढेको भन्सार कार्यालयले जानकारी दिएको छ। गत आ.व.को भदौसम्म रू ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ७० प्रतिशत अर्थात् रू २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो।
अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको कार्यालयले जानकारी दिएको छ। विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विधुतीय सवारीको सङ्ख्या बढेको जनाइएको छ।
भन्सार विभागले गत साउनमा रू १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि रू १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो। कार्यालयका अनुसार गत आ.व.को साउनमा रू १८ अर्ब ७० करोड ४० लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रू १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन भएको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar