काठमाडौँ। घर बनाउँदा वास्तुशास्त्रका विभिन्न कुराहरू विशेष ध्यान दिनुपर्दछ।
घरमा रहेका कुराहरूले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने हुँदा यस्ता कुराहरू ख्याल गर्नुपर्छ। वास्तुशास्त्रअनुसार एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ। घरको मुख्य गेट बनाउँदा सँधै ७ कुराको ध्यान दिनुपर्दछ। यस्ता कुराहरूमा ध्यान नदिएमा घरमा नकारात्मक उर्जा पैदा भएर परिणाम पनि नकारात्मक हुने वास्तुशास्त्रको भनाइ छ।
वास्तुशास्त्र अनुसार घरको गेट बनाउँदा ख्याल गर्नुपर्ने ७ कुराहरू
१. मुख्य गेट पूर्व दिशामा फर्केको छ भने उत्तर पूर्वमा अलिकति खाली जग्गा छोड्नुस्। यसले तपाइँलाई स्वस्थ राख्न मद्दत गर्छ।
२. घरको पूर्वी भागलाई सके सम्म होंचो राख्नु पर्दछ यसले कहिल्यै आर्थिक अभाव हुँदैन।
३. यदि भाडामा दिने हो भने भुँइ तल्लाको कोठा मात्र भाडामा दिँदा राम्रो हुन्छ।
४. घरको पूर्व दक्षिण कोणमा ढोका नराख्नुस्। यसो भएमा चोरी र आगजनीको खतरा बढि हुन्छ।
५. घरको पूर्वी या उत्तर दिशामा कुवा, ह्याण्डपम्प या ट्युववेल राख्नुस्।
६. पूर्वी दिशामा झ्याल तल राख्नु पर्दछ जसले गर्दा यसले घरका मानिस स्वस्थ हुन्छ भने मानसम्मान पनि बढ्दछ।
७. घरको पूर्वी कोणमा फोहोर नराख्नुस् यसो गर्दा धन सम्पतिको नोक्सानी हुन सक्छ।