काठमाडौं । नेपालको अटोमोटिभ क्षेत्रमा नवीनताको संकेत दिँदै, प्रोटोनले आफ्नो नयाँ विद्युतीय कार e.MAS7 नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंको हायात रीजेन्सी होटलमा आयोजित लोकार्पण समारोहमा अटोमोबाइल क्षेत्रका विज्ञ, सञ्चारकर्मी तथा कारप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
दुई भेरियन्ट (प्राइम र प्रिमियम) रहेको प्रोटोन e.MAS7 को मूल्य NPR ५६,९९,००० देखि सुरू, प्लाटिनम सिल्भर, टक्वॉइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज, लिथियम ह्वाइट रङहरू मा उपलब्ध भएको र L2-ADAS, ३६०° भ्यू क्यामेरा, ५-स्टार ASEAN NCAP सुरक्षा रेटिङ साथै ४१० km (WLTP) रेन्जसम्म २० मिनेटमै ८०% चार्ज हुने एसको मुख्य विशेषता रहेको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. का कार्यकारी निर्देशक अखिल गुप्ता का अनुसार, प्रोटोन e.MAS7 नेपाली मोटर चालकहरूको आवश्यकतासँग मेल खाने उत्कृष्ट विद्युतीय सवारी हो।
नेपालमा विद्युतीय सवारीको पूर्वाधार विकासलाई ध्यानमा राख्दै, प्रोटोन ले नेपालमा डिलरशिप नेटवर्क विस्तार गर्दै चार्जिङ स्टेशन पूर्वाधारमा पनि लगानी गर्ने योजना बनाएको छ। e.MAS7 को आगमनले नेपालमा हरित ऊर्जा प्रवर्द्धन गर्दै विद्युतीय यातायातको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।