भदौमा २४ युनिट अपार्टमेन्ट किनबेच

काठमाडौँ।  साउनको तुलनामा भदौमा अपार्टमेन्ट किनबेच बढेको छ। घरजग्गा किनबेच, राजश्व संकलन र कित्ताकाट घटेको बेलामा अपार्टमेन्ट किनबेच सामान्य बढेको हो।

भदौमा देशभर २४ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ। साउनमा १६ युनि अपार्टमेन्ट किनबेच भएका थिए।

असारको तुलनामा भदौको अपार्टमेन्ट किनबेच अत्यन्तै न्यून हो। असारमा देशभर ७१ युनिट अपार्टमेन्ट किनबेच भएका थिए। यस्तै, गत वर्षको भदौमा पनि ४५ युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ।

भदौ महिनामा ललितपुरमा १२ अपार्टमेन्ट किनबेच भएका छन् भने डिल्लीबजार मालपोतबाट ४, चाबहिल र कलंकी मालपोतबाट ३र३, टोखा मालपोतबाट २ अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ। 

प्रतिक्रिया