काठमाडौँ। यातायात व्यवस्था कार्यालय (बागमती प्रदेश) हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रू २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आ.व. २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रू २२ करोड ८१ लाख ४७ हजार ८ सय दुई राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।
उहाँका अनुसार चालु आ.व.को ३ महिनामा सवारी करबाट रू २ करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट रू ७ करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट रू १२ करोड ४८ लाख २ हजार ५ सय ५३ तथा बेरूजुबाट रू ८ हजार २ सय ५० राजस्व सङ्कलन भएको छ।
यस्तै चालु आ.व.को सो अवधिमा मोटरसाइकल ५ सय ७३ वटा, साना सवारी ३ सय ३२ वटा, टेम्पो/ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी १ हजार ३ सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी २ हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।
यस्तै सो अवधिमा १ हजार ५ सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ। सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रू ५६ करोड ७ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३ सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar