१५ अर्बको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

काठमाडौँ।  सम्राट सिमेन्ट प्रा.लि.ले. १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।  

शनिवार एक कार्यक्रमका बीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको हो।

समझदारीपत्रमा सम्राट सिमेन्ट प्रा.लि.का. अध्यक्ष अनिल कुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरेका थिए।  सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धिपछि बोर्डमार्फत अघि बढ्ने लगानी बोर्डले जानकारी दिएको छ।

सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो। रू ६ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो भने, परियोजना कार्यान्वयनका लागि शनिबार पहिलो चरणको MoU भएको छ। अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया भने बाँकी रहेको बोर्डले जनाएको छ।

यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि रू १५ अर्ब पाँच करोड बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया