काठमाडौँ। बुधबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित त्यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरूद्ध भएका छन्। तराईका जिल्लासँग सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका हुन्। डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द भएको छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय डढेलधुराले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ। गए रातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विधुत सेवा समेत अवरूद्ध भएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar