काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २३ पैसा र बिक्री दर १३४ रूपैयाँ ८३ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४५ रूपैयाँ ३४ पैसा र बिक्री दर १४५ रूपैयाँ ९९ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ २४ पैसा र बिक्री दर १७५ रूपैयाँ २ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिद दर १५५ रूपैयाँ ८ पैसा र बिक्री दर १५५ रूपैयाँ ७७ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ७६ पैसा र बिक्री दर ९० रूपैयाँ १६ पैसा रहको छ।
त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ७ पैसा र बिक्री दर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ५ पैसा र बिक्री दर १०२ रूपैयाँ ५० पैसा, जापनिज येन १० को खरिद दर ८ रूपैयाँ ९० पैसा र बिक्री दर ८ रूपैयाँ ९४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ८२ पैसा र बिक्री दर ३६ रूपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्