ग्लोबल मनि विकः महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ। महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। 

बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रूपमा मनाइएको ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देश भर रहेका सातवटै प्रदेशका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूबाट वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सम्पन्न गरेको हो।

यस साताव्यापी अभियानअन्तर्गत बैंकका गोगंबु, धनगढी, चन्द्रनिगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरूले विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ।

देशभरी गरिएको कार्यक्रमहरूमा १२ सय जनाभन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विधुतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषय वस्तुहरूमा जानकारी गराइएको छ।

साथै, यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरूबाट समेत विभिन्न सचेतनामूलक जानकारीहरू पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरू समेत प्रसारण गरिएको छ। यस कार्यक्रमबाट किशोर–किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ।

प्रतिक्रिया