पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरको कति पर्ला?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्यवृद्धि गरिएको छ।

नयाँ दर अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल लिटरको १ सय ६० रुपैयाँ र डिजेल–मट्टितेल लिटरको १ सय ४५ रुपैयाँ पर्नेछ। इन्डियन आयल निगमबाट नयाँ दर रेट आएपछि सोही अनुसार यहाँ पनि भाउ बढाइएको निगमले जनाएको छ।

प्रतिक्रिया