काठमाडौँ। पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ।
पोखरामा (हिजो) शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रू २५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गरेका हुन्।
बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार शाक्य ६ दशकदेखि फोटोग्राफीमा सक्रिय रहेका छन्। सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटो पत्रकार अशोक बाटाजूको स्मृृतिमा पुरस्कार स्थापना गरिएको हो। उनले ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरू गरेको बताए।
30 Bhadra 2081, Aaitabar 11:10 मा प्रकाशित
163
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar