कित्ताकाट खुल्दा पनि बढेन घरजग्गाको कारोबार, राजश्व संकलनमा पनि गिरावट

काठमाडौँ। असोज महिनामा घरजग्गा कारोबार झनै घटेको छ।  सरकारले भूउपयोग नियमावली (२०७९ संशोधन गरी जग्गा कित्ताकाटमा समेत सहजीकरण गरे पनि कारोबारमा गिरावट आएको हो। 

असोजमा ३० हजार ५२७ मात्रै पारित भएको छ। अघिल्लो वर्षको असोजमा ३९ हजार ८८१ लिखत पारित भएको थियो। 

असोजमा कारोबार घटेसँगै राजस्व समेत गिरावट आएको छ। असोजमा ३ अर्ब ८ करोड १२ लाख मात्रै संकलन भएको छ। भदौमा संकलित राजस्व पौने ४ अर्ब थियो। भने अघिल्लो वर्षको असोजमा ४ अर्ब ८ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। 

बैंकले घरजग्गा कारोबारलाई चलायमान बनाउन भन्दै नीतिगत सहजीकरण समेत गरे पनि कारोबार भने बढ्न सकेको छैन। असोजमा दशैं बिदाले कारोबार दिन कम हुँदा पनि कारोबार अघिल्ला महिनाहरूको तुलनामा कम हुने गर्छ।

कुन ठाउँमा, कति भयो किनबेच?

उपत्यका भित्रको घरजग्गा कारोबारको अवस्था:

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन्। जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ। 

भक्तपुरबाट ८ सय २१ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट ३ संख्यामा घरजग्गा लिखत पारित भएको छ।

त्यसैगरी, लगनखेलबाट ७ सय १०, कलंकीबाट ४ सय ९७ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन्। जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ। 

सुनसरीबाट ११ सय ८५ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम मालपोत कार्यालय, सिर्दीवासबाट २ संख्यामा लिखत पारित भएको छ।  

राजस्व संकलनको अवस्थाः

राजस्व संकलनमा भने काठमाडौँ उपत्यकाका मालपोत कार्यालय अग्रस्थानमा छन्। असोजमा डिल्लिबजार मालपोतबाट सबैभन्दा धेरै ३० करोड ६६ लाख रूपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ।

यस्तै, लगनखेल मालपोतबाट ३० करोड २५ लाख, भक्तपुर मालपोतबाट २५ करोड ३८ लाख, चाबहिल मालपोतबाट २३ करोड ६८ लाख र कलंकी मालपोतबाट २० करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा सम्बन्धी कारोबार तथा राजस्व संकलनको अवस्थाः

क्र.संमालपोत कार्यालयलिखत पारितराजस्व संकलन
१.भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर८२१२५ करोड ३८ लाख ६४ हजार १५  
२.भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर७१०३० करोड २५ लाख ९७ हजार ३ सय ३९ 
३.मालपोत कार्यालय कलंकी, काठमाडौँ ४९७२० करोड ४७ लाख ६९ हजार १९ 
४.मालपोत कार्यालय चाबहिल, काठमाडौँ ३५१२३ करोड ६८ लाख २१ हजार ९ सय ३२ 
५.मालपोत कार्यालय साँखु, काठमाडौँ ३१५६ करोड २५ लाख २२ हजार ६ सय ४९ 
६.मालपोत कार्यालय मनमैजु, काठमाडौँ २०३६ करोड ७३ लाख ६६ हजार १३ 
७.भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं १७५३० करोड ६६ लाख २ हजार ७ सय ३० 
८.मालपोत कार्यालय टोखा, काठमाडौँ ११९५ करोड ७ लाख २९ हजार ६३ 
९.मालपोत कार्यालय गोटीखेल, ललितपुर१ लाख ७३ हजार ७ 

उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः

क्र.संमालपोत कार्यालयलिखत पारितराजस्व संकलन
१.भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी११८५६ करोड ७६ लाख ७५ हजार ४७ 
२.भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा११०७४ करोड ४० लाख ५५ हजार ४ सय ९८ 
३.मालपोत कार्यालय बेलवारी, मोरङ१०१६५ करोड ७ लाख ९४ हजार ८ सय ९५ 
४.भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी९०९२ करोड ११ लाख ५४ हजार ५ सय ३४ 
५.भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा८६३४ करोड १६ लाख ६४ हजार १ सय ९४ 

प्रतिक्रिया