काठमाडौँ। लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले सरकारविरुद्ध मंगलबारदेखि पुनः आन्दोलन गर्ने भएको छ।
सरकारसँग पटक–पटक भएका सहमतिबाट पूर्णरुपमा समस्याको हल नभएको भन्दै समितिले देशव्यापी आन्दोलन शुरू गर्ने भएको हो। सरकारले ललिपप देखाउने र लघुवित्तले तल्लो स्तरमा लुट मच्चाउने धन्दा अहिले पनि चलाइरहेको भन्दै संघर्षका कार्यक्रम अघि बढाएको संघर्ष समितिले जनाएको छ।
शान्तिपूर्ण रुपमा ६८ जिल्लामा प्रर्दशन हुने छ भने ज्यादती गर्ने स्थानीयदेखि केन्द्रसम्मकै लघुवित्तीय संस्था, बैंक र बेथिति मच्चाउने सहकारीहरूको बिरूद्वमा केन्द्रित रहने गरि विरोध प्रदर्शनसहितका संघर्षका कार्यक्रम शुुरु हुने संघर्ष समितिले जनाएको छ।
4 Bhadra 2081, Mangalbar 09:07 मा प्रकाशित
272
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar