आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६७ पैसा र बिक्री दर १३४ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४५ रूपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६५ पैसा र बिक्री दर १७२ रुपैयाँ ४२ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८७ रूपैयाँ ५३ पैसा र बिक्री दर ८७ रूपैयाँ ९२ पैसा रहेको छ।

साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६६ पैसा र बिक्री दर ३६ रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया