काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६३ पैसा र बिक्री दर १३४ रूपैयाँ २३ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १४९ रूपैयाँ १८ पैसा र बिक्री दर १४९ रूपैयाँ ८५ पैसा कायम गरिएको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७८ रूपैयाँ ७२ पैसा र बिक्री दर १७९ रूपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५८ रूपैयाँ ९८ पैसा र बिक्री दर १५९ रूपैयाँ ६९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९२ रूपैयाँ २४ पैसा र बिक्री दर ९२ रूपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रूपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रूपैयाँ ३० पैसा र बिक्री दर १०४ रूपैयाँ ७७ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ ४० पैसा र बिक्री दर ९ रूपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ६ पैसा र बिक्री दर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६२ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६६ पैसा र बिक्री दर ३६ रूपैयाँ ८३ पैसा रहेको छ।
त्यसैगरी, थाइ भाट एकको खरिद दर ४ रूपैयाँ १३ पैसा र बिक्री दर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ३८ पैसा र बिक्री दर ३६ रूपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रूपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकमा हेर्नुहोस्