काठमाडौँ। नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग दिनप्रतिदिन बढ्दो छ।
अहिलेको प्रतिस्पर्धात्मक बजारमा Luyuan Nepal ले आफूलाई सर्भिस सेन्टर सुविधाको क्षेत्रमा सबैभन्दा अग्रस्थानमा राख्न सफल भएको छ। बिक्री मात्र होइन, बिक्रीपछिको उत्कृष्ट सेवामा केन्द्रित रहेरLuyuan Nepal ले आफ्ना ग्राहकहरूलाई दीर्घकालीन सुविधा प्रदान गर्दै आइरहेको छ।
काठमाडौँ उपत्यकामै १४ सर्भिस सेन्टर
हालसम्म Luyuan Nepalले काठमाडौँ उपत्यकामा मात्र १४ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने यी सर्भिस सेन्टरहरूले ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन्।
उपत्यका भित्रका बाफल, बनस्थली, सामाखुसी, टोखारोड, महाराजगञ्ज, कालोपुल, अनामनगर, जडिबुटी, सल्लाघारी, सुर्यविनायक, दुधपाटी, सातदोबाटो, ग्वार्को, रामकोट लगायतका स्थानहरूमा यसको सर्भिस सेन्टरहरू सजिलै उपलब्ध छन्। Luyuan Nepal ले ग्राहकहरूको पहुँच सजिलो बनाउन सर्भिस सेन्टरहरूको विस्तार गर्दै आएको छ र यो क्रम अझै जारी रहने पनि जनाएको छ। Luyuan Nepal को लक्ष्य भनेकै ग्राहकहरूलाई सहज, छिटो, र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो।
किन अन्य कम्पनीहरूले यस्तो सुविधा दिँदैनन्?
Luyuan Nepal ले सर्भिस सेन्टरहरूको सञ्जालमा दिएको प्राथमिकताले यस क्षेत्रमा अन्य इलेक्ट्रिक स्कूटर कम्पनीहरूलाई पछाडि पारेको छ।
सर्भिस सेन्टर सञ्चालनको अग्रणी स्थानमा इलेक्ट्रिक स्कुटर ब्राण्ड: Luyuan Nepal
नेपालमा विधुतीय सवारीसाधन बेच्ने धेरै कम्पनीहरू बिक्रीपछिको सेवामा पर्याप्त ध्यान दिन सकेका छैनन्। धेरैजसो कम्पनीहरूले सीमित क्षेत्रमै सर्भिस सेन्टरहरू सञ्चालन गरेका छन्, जसले गर्दा ग्राहकले सानातिना मर्मतका लागि समेत झन्झट बेहोर्नु परेको अवस्था छ।
धेरै ब्रान्डहरूले आफ्नो ध्यान बिक्रीमा मात्र केन्द्रित गरेको देखिन्छ, जबकि बिक्री पछिको सेवाको महत्वलाई त्यति वास्ता गरेको देखिँदैन। यसले ग्राहकहरूको दीर्घकालीन सन्तुष्टिमा नकारात्मक प्रभाव पारेको हुन्छ।
ग्राहक सन्तुष्टिमा Luyuan Nepal को दृष्टिकोण
Luyuan Nepal ले बिक्री पछिको सेवालाई पनि उत्तिकै महत्व दिएर ग्राहकहरूको विश्वास जित्दै आएको देखिन्छ। काठमाडौँ उपत्यकामा १४ सर्भिस सेन्टरका साथै, अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरूको संख्या बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ। दक्ष र तालिम प्राप्त प्राविधिकहरू सहितको सर्भिस सेन्टरहरूले ग्राहकहरूको स्कूटर मर्मत, ब्याट्री परीक्षण, र अन्य समस्या समाधान गर्न सहजता र्पुयाइरहेका छन्।
Luyuan Nepal भविष्यको योजनाहरू
Luyuan Nepal ले अर्को बर्षसम्म नेपालमा नै एसेम्बल गर्ने गरी सारथी इकुटर ब्राण्डको इलेक्ट्रिक स्कुटर लञ्च गर्ने योजना बनाएको बताएको छ। हाल इकुटरको ई३ मोडेलको स्कुटर पनि Luyuan Nepal ले नै नेपाली बजारमा ल्याएको हो।
त्यसका लागि पनिLuyuan Nepal ले निकट भविष्यमा देशका अन्य शहर तथा क्षेत्रहरूमा समेत सर्भिस सेन्टरहरूको पहुँच विस्तार गर्ने योजना बनाएको जनाएको छ।
कम्पनीको दीर्घकालीन रणनीतिले ग्राहकहरूको विश्वास जित्नुका साथै, नेपालमा विधुतीय सवारीसाधनहरूको लोकप्रियता बढाउन ठूलो योगदान पुर्याइरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar