सुन–चाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ।  आज सुनको भाउ तोलामा २०० रूपैयाँले घटेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रूपैयाँले घटेर १ लाख ६० हजार ४०० रूपैयाँ कायम भएको छ। यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रूपैयाँले घटेर १८ सय ६५ रूपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ८० रूपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया