ललितपुर। मिस नेपाल २०२५ को ३१औं संस्करण सनराइज कन्भेन्सन सेन्टरमा भव्य समारोहबीच सम्पन्न भयो। लुना लुइटेलले मिस नेपाल वर्ल्ड २०२५ को ताज जितिन्, जबकि सोनी घले र उरुषा भण्डारीले क्रमशः मिस नेपाल अर्थ २०२५ र मिस नेपाल इन्टरनेशनल २०२५ को उपाधि हात पारिन्। कार्यक्रम हिमालय टीभी र मिस नेपालको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारित गरिएको थियो।
सोनी घलेले मिस नेपाल अर्थ २०२५ जितेर मिस अर्थ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन्। उरुषा भण्डारीले मिस नेपाल इन्टरनेशनल २०२५ को ताजसँगै मिस टाइमलेस एलिगेन्स र रियल मिस पपुलर च्वाइस उप-उपाधि पनि हात पारिन्।
फाइनलमा शीर्ष १२ प्रतियोगीले प्रश्नोत्तर चरणमा भाग लिए। श्रीङ्खला खतिवडा, अन्ना शर्मा र मनीष राईसहितको निर्णायक मण्डलले सौन्दर्य, बुद्धिमत्ता र व्यक्तित्वको मूल्याङ्कन गर्यो। प्रज्ञा क्षेत्री र साइच्छा थापाले क्रमशः मिस कन्फिडेन्ट र मिस ब्युटीफुल हेयर उप-उपाधि हात पारिन्।
द हिडन ट्रेजरले आयोजना गरेको यो समारोहमा नेपाली फेसन, चलचित्र र मिडियाका व्यक्तित्वहरूको उपस्थिति रह्यो। लुना अब मिस वर्ल्ड, सोनी र उरुषा आ-आफ्ना अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar