काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। यसै कारण कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने देखिएको छ।
9 Chaitra 2081, Shanibar 11:27 मा प्रकाशित
322