काठमाडौँ। सरकारको बहुमत स्वामित्व रहेको नेपाल बैंकले ७.७० प्रतिशत ब्याजदरमै कर्जा लगानी गर्ने भएको छ। बैंकले ब्याजदर घटाएर कर्जा योजनाहरू सार्वजनिक गरेको हो।
बैंकले ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ। जबकी, बिचमा घरजग्गा कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा धेरै पुगेको थियो। सर्वसुलभ आवासकर्जा योजनाअन्तर्गत ऋणीहरूले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत–सम्भार, जीर्णोद्वार र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्ने बैंकले जनाएको छ।
यस कर्जाको भुक्तानी अवधि ५ वर्षदेखि २५ वर्षसम्म रहेको छ। र, सेवा शुल्क ३३.३३ प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ। सेवाग्राहीले पाँच लाख रूपैयाँदेखि २ करोडसम्म आवास कर्जा पाउने बैंकको भनाई छ।
बैंकले समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्न कर्जाको ब्याजदरसमेत घटाएको छ। कर्जा सीमा १० करोड रुपैयाँसम्म रहेको समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत तोकेको बैंकले जनाएको छ ।
बैंकका अनुसार नयाँ गाडी खरिद गर्नका लागि अटोकर्जाको ब्याजदर ७.७८ प्रतिशत तोकिएको छ। अटो कर्जाको भुक्तानी अवधि ५ र ७ वर्ष रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar